रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’ सार्वजनिक
- 1 year ago
विराटनगर।
नेपाली सुगम संगीतमा निरन्तर क्रियाशील गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘ पग्लियो यो मन ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । 
सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बूको एरेन्ज गीतमा रहेको छ । प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुयाउनको लागी आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ ।
भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ । सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी÷बिना राउत को अभिनय जीवन्त देख्न सकिन्छ ।