प्रदेश सरकारले १९ स्रष्टालाई सम्मान गर्ने
- 2 years ago
शुभसन्देश
विराटनगर,१४ असार ।
कोशी प्रदेश सरकारले १९ जना स्रष्टालाई सम्मान गर्ने भएको छ ।
कला साहित्य र संथगीतको विभिन्न विधामा साधना गरिरहेका स्रष्टालाई सम्मान गर्नका लागि सिफरिस समितिले गरेको सिफरिसका आधारमा बुधबारको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले जनाएको छ ।
सम्मानित हुने दुईजनामा रु एक लाख राशीको सर्वोकृष्ट भाषा साहित्य सम्मान सुनसरीका बमबहादुर राई र सर्वोकृष्ट कला र संस्कृति सम्मान मोरङका प्रा.डा. सोमप्रसाद खतिवडा हुनुहुन्छ ।
त्यसैगरी ५० हजार राशीको पुरस्कार भाषा, साहित्य,कला र संस्कृतितर्फ मिश्र बैजयन्ती, राधिका गुरागाई, शंकर चापागाई, बसुन्धरा देबी झा, मिनकुमार श्रेष्ठ ‘नवोदित’लाई सात्यितर्फ, संगीत तथा गायनतर्फ साजन सन्ध्या राईलाई , नृत्य तथा अभियनतर्फ संगीताकुमारी यादबलाई, भाषा सहित्यतर्फ गणेशकुमार राईलाई, भाषा अनुसन्धानतर्फ लक्ष्मीकुमार शेर्मालाई, ललितकलातफ डिल्ली कृष्ण आलेलार्ई, साहित्यतर्फ वियोग सापकोटालाई, भाषा,साहित्यतर्फ नरपति पाण्डेलाई गरी १२ जना स्रष्टा पुरस्कृत हुनु हुने भएको छ ।
त्यसैगरी २५ हजार राशिको नवोदित भाषा, साहित्य, कला र संस्कृति परस्कार मिलन नेपाली, युमन खालिङ राई, मनिषा आचार्य, विमला राई र पुरुषोत्तम नेपालीलाई प्रदान गर्ने भएको छ ।