विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसँग भेटघाट
- 1 year ago
मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उप–निर्देशक दीर्घायु श्रेष्ठलगायत प्राधिकरणका कोशी प्रदेश प्रमुख निर्देशक राजीव सिंह र प्राधिकरणको विराटनगर वितरण शाखाका प्रमुख सरोजकुमार साहलाई संघसँग भेटघाट गरेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले संयुक्तरुपमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्य लगायत प्राधिकरणका उप–निर्देशक, प्रदेश प्रमुख र विराटनगर शाखा प्रमुखलाई स्वागत गरी मोरङ–सुनसरी औद्योगिक कोरिडोरको विद्युत समस्याका बारे जानकारी गराएका छन्।
संघका सचिव अमित सारडाद्वारा संचालित सो कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, संघका पूर्वअध्यक्ष एवम् नेपाल उद्योग परिसंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडा, नेपाल विद्युत प्राधिकरण विराटनगरका अधिकृतहरु, संघ तथा परिसंघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, संघका युवा र महिला उद्यम समिति संयोजक तथा सदस्यहरु, विभिन्न औद्योगिक प्रतिष्ठानका प्रमुख एवं प्रतिनिधिहरुलगायतकोे सहभागिता रहेको थियो ।
..................................