यस्तो बन्यो ‘आमा मेरी आमा’ सार्वजनिक

  • 2 years ago
यस्तो बन्यो  ‘आमा मेरी आमा’ सार्वजनिक

विराटनगर, ११ साउन २०८० । श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । 

गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ । आफनो सन्तानको लागी जिवनभर दुःख पिडा नभनी सघर्ष गरेकी आफनी आमालाई समपर्ण स्वरुप गीत लेखिएको हो । 

मनमा पिडा र वेदना भएपनी आमा पछीको अभावलाई गीतमा चित्रण गरिएको छ । आमाले देखाएको सकारात्मक बाटोलाई आफुले आत्मसाथ जिवनभर गर्ने कुरा गीतमा व्यक्त गरिएको छ । ‘आमा मेरी आमा ’लाई विनोद बमले सम्पादन गरेका हुन् । गीतको भिडियोमा गायिका श्रेयसी चेम्जोङ्ग र गीतकार दिलिप योञ्जनलाई देख्न सकिन्छ ।