ओजस लामाको स्वरमा‘सपना’ सार्वजनिक
- 1 year ago
विराटनगर ।गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । द व्इल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ। गीतसँगै भिडियो पनि तयार पारिएको छ । ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ ।
आफनी प्रेमीकालाई डाडाँमा घर बनाएर आफनो सपनाको संसारमा राख्न गायक आतुर रहेका छन् । सन्तोष तामाङको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा भिडियो मास्टरिङ विजय राज भुर्तेलले गरेका छन् । गीतको भिडियोमा ओजस लामा र अस्विनी श्रेष्ठको फिचरिङ देख्न सकिन्छ ।