लेखक दिवसमा स्रष्टा सम्मान तथा सिर्जना वाचन
- 1 year ago
विराटनगर । तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने दुईजना स्रष्टााई सम्मान गरिएको थियो ।
कार्यक्रममा गोवद्र्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, संघका प्रदेश महासचिव समेत रहेका प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, उदयपुर शाखा अध्यक्ष वासुदेव पोखरेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । तामाङ र शेर्पा विगत साढे ६ दशकभन्दा लामो समयदेखि भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा सक्रिय छन् ।
सोही अवसरमा आयोजित सिर्जना वाचनमा कार्यक्रममा प्रकाश विमित, हरिशरण खतिवडा, कौशल चेम्जोङ, लक्ष्मी रायमाझी, सुमन पोखरेल, मुनाल पोखरेल, अञ्जु अश्रु, कृष्ण अधिकारी, कुमार कोइराला, कृतिबहादुर खत्री, महेन्द्र राई, पेशलकुमार दाहाल, रविन्द्र शाहीलगायतल तीन दर्जनभन्दा बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
त्यस्तै प्रमुख अतिथि भण्डारी, विशेष अतिथि संघका प्रदेश अध्यक्ष अधिकारी, प्रेस युनियनका प्रदेश अध्यक्ष नवोदित, पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलाश पोखरेल, साहित्यकार राममणि पोखरेल, प्रदेश सांसद लीला राई, उदयपुर साहित्य परिषद्का अध्यक्ष विदुर खड्का, प्रगतिशील लेखक संघ उदयपुरका अध्यक्ष श्यामप्रसाद ढुंगाना, संघका सल्लाहकार वीरेन्द्रकुमार बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।