विराट एक्स्पो २०२५ मा २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने

  • 1 year ago
विराट एक्स्पो २०२५ मा २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने


विराटनगर । उद्योग संगठन मोरङले विराट एक्स्पो २०२५ मा विद्यार्थीहरुकालागि करिअर काउन्सेलिङ पेभिलियनको व्यवस्था गरेर एक्स्पो अवधिभरमा करिव २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने लक्ष्य राखेको छ ।

यही माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने आठौ सस्करणको विराट एक्स्पोले औद्योगिक र व्यावसायिक प्रवद्धन मात्र गर्ने नभई एक्स्पोले औद्योगिक र व्यावसायिक दक्ष जनशक्तिको उत्पादनदेखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षीक जनशक्तिलाई स्वदेशमै रोकेर रोजगारीका अवसर सृजना गर्ने दाबी गरिएको छ । 


त्यती मात्र नभएर शिक्षित जनशक्तिाका लागि एक्स्पोले उद्यमशिलताको इकोशिष्टम प्रवर्धन गर्ने उद्देश्यले व्यावसायिक विकासका सबै सेवाहरु, बिटुबि, बजार, प्रविधि, गुणस्तर, मानव स्रोत र सिपका साथै साना घरेलु कृषि उद्योगलगायत सबै प्रकारका विषयहरु समेटिएको यस एक्स्पोमा विद्यार्थीहरुका लागी गाईडेड टुरको व्यवस्थापन गरेको छ ।

एक्स्पोले विशेष गरेर विद्यार्थीहरुका लागि बिटुबि पेभिलियन र यस अन्तरगतका विभिन्न कार्यक्रमहरु, स्टार्टअप पेभिलियनमा रहेको भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियनमा रहेको करिअर काउन्सेलिङ, श्रमको माग र आपूर्तिकको श्रृङ्खला बुझाउने कक्ष, जब ब्रिज, लाइभ तालिम अवलोकनका बारेमा छुट्टाछुट्टै छलफल तथा जानकारी गराउने भएको छ ।

त्यसैगरि, डिजिटल पेभिलियनमा भएका नविनतम प्रविधिहरु, उद्योग कृषि पर्यटन सेवालगायतका उत्पादन वस्तु तथा सेवाहरुका बारेमा जानकारी तथा अवलोकनको अवसर प्रदान गरिने छ । हरेक पेभिलियनमा रहेका कर्मचारीहरुले आवश्यक जानकारी गराउने छन भने हरेक दिन विशेष आकर्षकका रुपमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरि साक्षात्कार गर्ने तथा प्रवचन समेत गराइने भएको छ । 

प्लस टु र त्योभन्दा माथि अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरिएको यस कार्यक्रम अन्तरगत प्रत्येक दिन ५ वटा कलेजका प्रतिकलेज ५० जना विद्यार्थीहरुको समूहलाई सम्बन्धित कलेजले सहभागी गराउन आब्हान एक्स्पोले गरेको छ । हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म दैनिकरुपमा सञ्चालन हुने यस कार्यक्रममा एक्स्पोले प्रवेश निःशुल्क गर्ने छ । एक्स्पो अवधिभर २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गरेर स्वदेशमै रोजगारी गर्न आकर्षित गर्ने आयोजक उद्योग संगठनले जनाएको छ ।