औद्योगिक क्षेत्रका समसामयिक समस्या समाधानबारे छलफल

  • 2 years ago
 औद्योगिक क्षेत्रका समसामयिक समस्या समाधानबारे छलफल

विराटनगर,१९ असार २०८० । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा प्रतिनिधि मण्डलले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरलाई भेटेर आगामी मौद्रिक नीतिमा संगठनको सुझाव प्रस्तुती गरेको छ ।

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकसँगको छलफलमा विद्युतसंग सम्बन्धित समस्या अवगत गराई दीर्घकालिन समाधानका लागि आग्रह गरेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतसँगको छलफलमा संगठनका अध्यक्ष राकेश सुरानालो दिर्घकालिन आर्थिक एवं औद्योगिक विकासका लागी निजी क्षेत्रले अनुमानयोग्य नीतिगत व्यवस्थाको अपेक्षा गरेको हुनाले आर्थिक विकास, औद्योगिक पूर्वाधार विकास, जस्ता मूलभूत विषयहरुमा न्यूनतम साझा मापदण्ड लागू गरी निजी क्षेत्रलाई ढुक्क भई लगानी गर्न सक्ने वातावरण तयार आग्रह गरे । 

उनले संगठनका तर्फबाट सुझाव प्रस्तुत गर्दै आगामी मौद्रिक नीतिलेउद्योग व्यवसाय क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याज एकल अंकमा सिमित हुने गरी ल्याउनु पर्नेमा जोड दिए । 

अर्थमन्त्री महतले उद्योग व्यवासय संचालनका लागि आवश्यक आधारभूत आवश्यकताका रुपमा रहेका वित्तीय व्यवस्थापन, विद्युतको उपलब्धता, पूर्वाधार विकासजस्ता कुरा सरकारको प्राथमिकताको क्षेत्र रहेको वताउदै निजी क्षेत्रलाई ढुक्क भई लगानी विस्तार गर्न आग्रह गरे । उनले औद्योगिक क्षेत्रको विकास र विस्तारले मात्र मुलुक आत्मनिर्भर उन्मुख हुने भएकाले यस क्षेत्रको प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको वताए । 

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकाले संगठनका नवनिर्वाचितक अध्यक्षलगायत कार्यसमितिलाई स्वागत गर्दै उद्योग व्यवसाय क्षेत्रले व्यावहारिक रुपमा भोग्दै आएको चालुपूजी कर्जा प्रवाहमा तय गरिएको मापदण्डबाट उत्पन्न समस्या सम्बन्धमा तथ्यांकसहित संगठनका तर्फबाट प्रस्तुत सुझाव अनुसार उद्योग व्यवसायलाई सहजीकरण गर्नेगरी मुद्राको आपूर्ति र मागको व्यवस्थापन गर्ने नीति राष्ट्र बैंकको भएको वताउदै उद्योग व्यवसायको गुनासो सम्बोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउने स्पष्ट पारे । 

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका साथ भएको छफलमा संगठनका अध्यक्षले कोशी प्रदेशका उद्योगहरुले सुख्खायाममा भोग्नु परेको अघोषित लोडसेडिङ, ट्रिपिङ, भोल्टेज प्mलक्चुएशनको समस्याबाट उद्योग व्यवसाय आजित भएको बताउदै आगामी ५ वर्षमा नेपाल विद्युत प्राधिकरणको विद्युत आपूर्ति गराउने, आगामी वर्ष देखि सुख्खायाममा विद्युत उपलब्ध गराउने र गुणस्तरीय विद्युत आपूर्तिमा देखापरेको भोल्टेज फल्क्च्यूएशन तथा ट्रिपिङको समस्या सम्बोधन गर्ने योजना स्पष्ट पार्न आग्रह गरे । 

सो छलफलमा प्रबन्ध निर्देशक घिसिङले विद्युत पर्याप्त मात्रामा उपलब्ध भएतापनि ट्रान्समिशन लाईनको पूर्वाधार निर्माणमा भएको समन्वयको अभाव हुन गएको ढिलाइका कारणले विद्युत उपलब्ध गराउन नपाएको बताए । उनले ढल्केवर–इनरुवा चारसमय केभीए प्रशारण लाईन आगामी केही महिनाभित्र निर्माण सम्पन्न हुने, बर्जुलगायतका स्थानमा सवस्टेशन निर्माणका क्रममा रहेकाले आगामी वर्षदेखि समस्यामा क्रमश सुधार भई विद्युत अभावको समस्या नरहने जानकारी दिए । 

त्यसैगरी विद्युतको ट्रिपिङ, लो भोल्टेज, फल्क्चुएशनजस्ता स्थानीयस्तरमा देखिएका समस्या सामाधानाका लागि भार सम्प्रेशण केन्द्र, विद्युत वितरण केन्द्रका प्रमुखको उपस्थिति तथा उद्योग संगठनको समन्वयमा विराटनगरमा छलफल गरी समस्या समाधानका लागि पहल गर्ने सहमति भएको छ । 

उक्त छलफलमा संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, कार्यसमिति सदस्य प्रतिभा रिजाल ओली, सौरभ सारडा, सन्तोष भगत, दिपक अग्रवाल, सिद्धार्थ कावरा, बिरेन्द्र राठी, सृजन प्याकुरेलको सहभागिताका रहेको थियो ।