मोरङ उद्योग व्यापार संघमा व्यवसायका कठिनाइबारे छलफल
- 1 year ago
विराटनगर । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा मोरङ जिल्लामा रहेका यस संघको नौवटा शाखाहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम भएको छ ।
लेटाङ उद्योग वाणिज्य संघको संयोजकत्वमा लेटाङमा आयोजित उक्त कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, पूर्वमन्त्री माननीय डिकबहादुर लिम्बूसहित संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समितिका संयोजकद्वय, संघका नौवटै शाखाका अध्यक्षहरु, पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
संघका महासचिव संजयकुमार श्रेष्ठद्वारा संचालित सो कार्यक्रममा संघका शाखाहरु, उर्लाबारी उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, सुन्दरहरैचा उद्योग वाणिज्य संघ, रंगेली उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार प्रबन्ध समिति, बेलबारी उद्योग वाणिज्य संघ, इटहरा उद्योग वाणिज्य संघ
केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष तथा प्रतिनिधिहरु छलफलमा सहभागी रहेका थिए ।
व्यवसायीहरुको नापतौलसम्बन्धी समस्याहरु समाधान गर्न कठिनाइ रहेको, आयकरलगायत राजस्वसम्बन्धी समस्याहरु भोग्दै आइरहेको, आर्थिक मन्दीका कारण व्यापार व्यवसाय धारासायी रहेको, व्यवसाय गर्ने सटरहरु खाली हुँदै गइरहेको लगायतका समसामायिक विषयहरुको बारेमा छलफल गरिएको थियो ।