महानगरद्वारा तेक्वान्दो खेलाडीको बिदाई

  • 2 years ago
महानगरद्वारा तेक्वान्दो खेलाडीको बिदाई

विराटनगर, १६ सउन २०८०। सातौं दक्षिण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई विराटनगर महानगरपालिकाले बिदाई गरेको छ । 

यही अगस्त ४ देखि भारतको हैदरावादमा हुने प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको एक समारोहका बीच महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले बिदाई गरिन् । कोशी प्रदेशबाट १० जना खेलाडी र तीन जना रेफ्रीले प्रतियोगितामा सहभागिता जनाउने नेपाल तेक्वान्दो संघ कोशी प्रदेशका अध्यक्ष प्रवीण कार्कीले जानकारी दिए । 

भारत जाने टोलीमा कार्कीसहित रेफ्री राजेन्द्र धिमाल र चन्द्रबहादुर तामाङसमेत रहेका छन् । 

त्यस्तै रजिना मगर भोजपुर, बीरबहादुर तामाङ भोजपुर, आलोक राई पाँचथर, रोशन मगर झापा रहेकका छन् । त्यस्तै मोरङबाट नितेश खवास, केरिशा आचार्य, सविना मगर, सोमबहादुर राजवंशी, श्यामप्रसाद बास्कोटा, कुसुम राजवंशीले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष कार्कीले बताए ।