मिल्स गोल्डकप उद्घाटनमा फ्युजन क्बल विजयी

  • 1 year ago
मिल्स गोल्डकप उद्घाटनमा फ्युजन फुटबल क्बल विजयी


विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ । 

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १ –० गोलले निराश बनाउँदै फ्युजन फुटबल क्लब सेमिफाइलनमा पुगेको हो । 

जितको लागि फ्युजन फुटबल क्लबका युवराज थापाले नायक भए । उनले खेल सुरु भएको ६८ आंै मिनेटमा गरेको  निर्णायक गोल गर्दै टिमको जित सुनिश्चत गरे । रितेस तामाङले निकालेको क्रस पासलाई युवराजले चलाखीपूर्ण ढंगले जाली चुमाए । 

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफममा दुवै टिमले गोलरहित बराबरी खेले । दोस्रो हाफपछि एक गोलले पछि परेपछि सप्तरी आक्रमक बन्यो । खेल बराबरीमा ल्याउन निकै संघर्ष ग¥यो । तर सफल हुन सकेन । सप्तरीका खेलाडीले बारम्बार पाएको गोल गर्ने अवसर खेर फाल्दा पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।  

खेलको ६२ औ मिनेटमा बिनु मगरले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमाथिबाट बाहिरियो । त्यस लगतै पुष्पराज चौधरीले गरेको प्रहार उदयपुरका गोल किपर अनिल मगरले उत्कृष्ट बचाउ गरिदिए । खेलको ७० औं मिनेटमा सप्तरीको कप्तान सुशीलकुमार यादवले गरेको उदयपुरका गोलकिपर अनिल बाधक बने । सप्तरीका खेलाडीले गरेको बारम्बारको कडा प्रहार उदयपुरका गोलकिपरले बिफल पारिदिए । खेलेको प्लेयर अफ द म्याच पनि उदयपुरका गोलकिपर अनिल मगर घोषित । भए । उनले नगद २ हजार १ सय पाए । 

प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार रुपैयाँ पाउनेछन् । चैत १० गते हुने फाइलनमा भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको छ । 

सोमबारको खेल घरेलु टिम पेमा स्पोर्टीङ्ग क्लब विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच हुने  मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताको आयोजनाका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रममा बोल्दै उनले मिल्स गोल्डकपलाई निरन्ता दिन विराटनगर महानगरपालिकाले साथ सहयोग गरेर अगाडी बढने बताए । व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउन मिल्स गोल्डकपको ठूलो भूमिका रहेको उनको भनाइ थियो ।