सांसदले सदनमा उद्योगी व्यवसायीको समस्या उठाउने

  • 2 years ago
 सांसदले सदनमा उद्योगी व्यवसायीको समस्या उठाउने

 विराटनगर, २६ साउन २०८० । प्रतिनिधिसभाका चार जना सांसदहरुले अफूहरु उद्योगी व्यवसायीहरुको साथमा रहेको बताएका छन् । सोमबार मोरंग व्यापार संघले आयोजना गरेको अर्थतन्त्रको अवस्थाः वर्तमान परिचर्चा विषयक कार्यक्रममा उनीहरुले उद्योगीहरुको साथ रहेको बताएका हुन् ।  

मोरंग व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य  नवीन रिजालको सभापतित्वमा संयोजक ओमप्रकाश शर्माद्वारा आयोजित सो कार्यक्रममा  राष्ट्रिय प्रजातन्त्र पार्टीका  ज्ञानेन्द्र शाही, स्वतन्त्रका डा. अमरेशकुमार सिंह, नेकपा एमालेकी  भगवती चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली सांसदहरुको उपस्थिति रहेको थियो । 

सांसद सिंहले दलको तर्फबाट निर्वाचित जनप्रतिनिधि(सांसदहरु) कानुनी रुपमा नेपालका देखिए पनि व्यावहारिक रुपमा विदेशीहरुको काम गर्ने दलालजस्ता भएको कारण देश उभो लाग्न नसकेको आरोप लगाए । सांसद साहीले देशको शिक्षा नीतिनै विदेशमैत्री बनेकोले देशमा उत्पादित जनशक्ति विदेश पलयन भएको धारणा राखे । उनले स्वदेशी कलकारखाना, कृषि उद्यमलाई सरकारले प्रोत्साहित गर्नुको सट्टा बन्द गरेको कारण स्देशी उत्पादन ठप्प हुँदा देश टाट पल्टिने अवस्थामा पुगेकको दाबी गरे । 

लघुवित्त अभियन्ता समेत रहेकी सांसद चौधरीले लघुवित्त संस्थालाई राज्यले संरक्षण गरे विपन्न र गरीब जनतालाई आर्थिकरुपमा सबल बनाउनुपर्नेमा निरुत्साहित गर्ने काम भएको गुनासो गरिन् ।  बैंकहरुले चर्को व्याज लगाएर उद्योगी व्यवसायीलाई किस्ता तिर्न ताकेता गरेको बताउँदै उनले आफूलाई समेत किस्ता तिर्न चर्को दबावले  महिनौसम्म मानसिक तनाव सिर्जना गरेको पीडा पोखिन् ।  

सो पार्टीको उद्योग बाणिज्य विभागका संयोजक समेत रहेका सांसद पराजुलीले देशकको शिक्षा नीति सुध्रिए देशको अर्थतन्त्र सबल हुने र विकासको बाटो खुल्ने बताए । सारमा चारै जना सांसदहरुले देशकको अर्थतन्त्र सुधार गर्न र देश विककास गर्न आन्तरिकक उत्पादनलाई जोड दिनु पर्ने ककुरोमा जोड दिएका थिए । 

उनीहरुले आफूले उद्योगी व्यवसायउीको समस्याको विषयमा जानकार भएकोले ती समस्याका विषयमा सदनमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।  कार्यक्रममा डा. सन्देशदास श्रेष्ठले सहजीकरण गरेका थिए । 

कार्यक्रममा मोरंग व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ र विभिन्न संघ÷संस्थाका अध्यक्षहरु, पूर्वअध्यक्षहरु, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यमीहरु, युवा उद्यमीहरु, अर्थविदहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योगी÷व्यवसायीहरु, संचारकर्मीहरु लगायतको भव्य सहभागिता रहेको थियो ।