ज्येष्ठ नागरिक सामुदायिक भवनमा योग शिविर
- 3 years ago
ज्येष्ठ नागरिक सामुदायिक भवनमा योग शिविर
विराटनगर, ८ असार २०८० नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक भवनमा योग शिविर सञ्चालन गरिएको छ ।
ज्येष्ठ नागरिक योग तथा साधना केन्द्रको आयोजना सञ्चालित शिविरमा योग प्रशिक्षक शोभा कोइरालाले योगका विभिन्न पक्षका बारेमा जानकारी दिइन् । शिविरको विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका वडाध्यक्ष नेउपानेले योगलाई अझै व्यापक बनाउँदै लग्नुपर्नेमा जोड दिए ।
उनले त्यहाँको सामुदायिक भवनमा हरेक दिन योग सञ्चालन गरिने जानकारी गराए । सो अवसरमा ज्येष्ठ नागरिक सामुदायिक भवनका अध्यक्ष ललित श्रेष्ठ, उपाध्यक्ष यादनरसिंह कार्की, कोषाध्यक्ष भरत कार्की, समाजसेवी चिरञ्जीवी दाहाल, महिला स्वयमसेविका तुलसा भट्टराई, सामुदायिक भवनका सूचना अधिकृत इन्द्र खतिवडा, योग प्रशिक्षक निलम आचार्यसहित सहभागीका तर्फबाट राम कोइरालाले मन्तव्य दिएका थिए ।