साहित्यकार नवोदित ५० हजार राशिसहित पुरस्कृत

  • 3 years ago
साहित्यकार नवोदित ५० हजार राशिसहित पुरस्कृत

विराटनगर,३ साउन २०८० । साहित्यकार मीनकुमार नवोदित कोशी प्रदेश सरकारबाट ‘उत्कृष्ट साहित्य पुरस्कार’बाट मंगलबार पुरस्कृत भएका छन् । 

दुई दशक अघिदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवारले दोसल्ला ओढाएर नगद ५० हजार रुपैयाँ  र सम्मानपत्र प्रदान गरेका थिए । 


नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदित यसअघि संघीय सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका छन् । 

नवोदितका ‘फूलबारीभित्रका भमराहरु’ (२०५७), ‘झरीले रुझेको गाउँ’ (२०७०) र ‘समयको बयान’ (२०७८) गरी तीनवटा कवितासंग्रह प्रकाशित छन् । 


एक दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संघसंस्थामा आबद्ध नवोदित तीन दर्जनभन्दा बढी संघसंस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् । कार्यक्रममा नवोदितसहित भाषा, साहित्य, संस्कृति, कला, संगीतलगायतका क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई समेत पुरस्कृत गरिएको थियो ।