राधाकृष्ण रथयात्रा तयारी निरीक्षण
- 3 years ago
विराटनगर,२६ साउन २०८०। आगामी भदौ महिनामा विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन यहाँ रथयात्रा निकालिने गरिएको छ ।
बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ ।
रथ घुमाउन सहज हुनेगरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने मेयर कोइरालाले बताए । यसपटकको रथयात्रामा ५ वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उनले जानकारी दिए ।
मेयर कोइरालाले विराटनगरको पहिचानसित जोडिएकाले यसपटकको रथयात्रालाई भव्य बनाइने बताए । महानगरको संयोजनमा यसपटकको रथयात्रा हुँदैछ ।
महानगरको प्राविधिकसहितको निरीक्षण टोलीमा महानगरकी उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सलहककार बाबुराजा ओझा, अध्यक्ष कैलाश रेग्मी, कृष्ण कार्कीलगायतको सहभागिता रहेको थियो ।