प्रेस चौतारीद्वारा विवेदपूर्ण निर्णयहरुलाई सच्याउन माग
- 3 years ago
शुभसन्देश
विराटनगर,१८ असार । प्रेस चौतारी नेपाल कोशी प्रदेशले सदस्यता शुद्धीकरण र नयाँ सदस्य वितरणको १५ बुँदे मापदण्डलाई पालना गर्न नेपाल पत्रकार महासंघ कोशी प्रदेशको ध्यानाकर्षण गराएको छ ।
सोमबार बिराटनगरस्थित महासंघ कोशी प्रदेशको कार्यालयमा महासंघको अध्यक्ष लिलाबल्लभ घिमिरेलाई चौतारी प्रदेश अध्यक्ष अविजाल बिष्टले ध्यानाकर्षण ज्ञापनपत्र बुझाएका हुन् । चौतारी कोशी प्रदेशका अध्यक्ष अबिजाल बिष्ट ध्यानाकर्षणपत्र बुझाउँदै संगठनले उठाएका सबै न्यायोचित जायज मागप्रति बेवास्ता गरिए जस्तोसुकै संघर्षका कार्यक्रम ल्याउन बाध्य हुनेछ । महासंघसंग दूरी बढ्ने छ संस्थागत हितको लागि ब्यक्तिगत लेनदेनको बाहान हुनुहुँदैन तर महासंघ केन्द्रले निर्दिष्ठ गरेका १५ बुँदे मापदण्डमा रहेर छलफल, सम्वाद, निकासका लागि सधैँ तत्पर रहेको अध्यक्ष बिष्टले अवगत गराएका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रले गरेको सर्कुलर अनुसार सदस्यता शुद्धीकरण र नयाँ सदस्य वितरणको १५ बुँदे मापदण्डलाई पालना गराउन नेपाल पत्रकार महासंघ कोशी प्रदेशसँग सहकार्य र सहयोग गर्न सधै तयार रहेको बिज्ञप्तिमा उल्लेख छ ।
फिल्डमै नदेखिएका तर कागजी डकुमेन्ट मिलाएर नयाँ सदस्यताका लागि सिफारिस गर्ने, सरकारको सेवा सुबिधा खाएका उही प्रकृतिका सदस्यहरु बिच बिभेद गर्ने जस्ता कृयाकलापहरु भएको देखिएकोले त्यस्ता निणर्यलाई सदर नगर्न प्रेस चौतारी नेपाल कोशी प्रदेशले आवाज उठाएको छ ।
सुनसरी, झापा, तेह्रथुम, संखुवासभा र पांचथर नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरुमा आस्थाका आधारमा भेदभाव गरिएको भनी बिबादहरु आइरहेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले जिल्लाका पत्रकारहरुको संघसंगठनहरुसंग पुनः छलफल र समन्वय गर्न गराउन, उचित र न्यायोचित निकासका लागि पनि पहल गर्न ज्ञापनपत्रमा भनिएको छ ।
महासंघका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले समस्याको समाधान गर्न चौतारीले दिएो ज्ञापनपत्रले सहज बनाएको, सहकार्य गरी अघि बढ्ने र सहमतिमा जान सकिने बताए । महासंघ प्रदेशका महासचिब बिवेक गौतमले सतप्रतिशत मापदण्ड पूरा गर्दा महासंघ नै रित्तिने भएको हुँदा नरमकरमतर्फ लाग्नुपर्ने बताए । अहिलेसम्म महासंघले गरेका गतिविधिबारे महासचिब गौतमले चौतारी टोलीलाई जानकारी गराए ।
ध्यानार्कषण पत्र बुझाउने कार्यक्रममा चौतारी धनकुटा जिल्लाका अध्यक्ष रबिन कट्टेल, मोरगं जिल्ला अध्यक्ष सुदिप कौइराला, पूर्ब अध्यक्ष तथा अग्रज पत्रकार माधव अधिकारी लगायतको समूहले ज्ञापन पत्र बुझाएको छ । प्रदेस सदस्य सन्तोष सिग्देलले ध्यानाकर्षण पत्र बाचन गरेका थिए ।