मोरङ व्यापार संघ र रास्वपा पदाधिकारी बिच भेटघाट

  • 2 years ago
मोरङ व्यापार संघ र रास्वपा पदाधिकारी बिच भेटघाट


विराटनगर, ६ साउन २०८० ।   मोरङ व्यापार संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य  नवीन रिजालले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  रवि लामिछानेलाई संघमा स्वागत गरेका छन् । सो क्रममा संघका पदाधिकारी तथा सदस्यहरुले भेटघाट गरी  समसामयिक विषयमा छलफल गरेका थिए । 

संघका महासचिव अनिल सारडाले संचालन गरेको  सो भेटघाट  र छलफल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसहित महामन्त्री डा. मुकुल ढकाल, स्वकीय सचिव प्रकाश सिग्देल, प्रदेश सभापति राजेश तिम्सिना सहभाी थिए । 

त्यस्तै प्रदेश समिति सदस्य एवं विभागीय प्रमुख  क्षितिज गौतमलगायत संघका पूर्वअध्यक्ष, पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, महिला उद्यम समिति र युवा उद्यम समितिका संयोजकद्वय र सदस्यहरु, उद्योगी व्यवसायीहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।