मोरङ उद्योग व्यापार संघको मेदान्त अस्पतालसँग सहकार्य

  • 1 year ago
मोरङ उद्योग व्यापार संघको मेदान्त अस्पतालसँग सहकार्य


विराटनगर । मोरङ उद्योग व्यापार संघले भारतको मेदान्त सुपर स्पेसलिटी हस्पीटलको सहकार्यमा संघमा सीपीआर र क्यान्सर रोगका विषयमा स्वास्थ्य सचेतना गोष्ठी आयोजना गरेको छ ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा महासचिव संजय कुमार श्रेष्ठद्वारा संचालित उक्त एक दिने गोष्ठीमा जय प्रभा मेदान्त सुपर स्पेसलिटी हस्पीटलका प्रतिष्ठित डा। अजय कुमार सिन्हा र डा. सन्दीप कुमारले कार्डियोपल्मोनरी रिजसीटेशन सीपीआर र क्यान्सर रोगका विषयहरुमा सहभागीहरुलाई प्रत्यक्ष प्रशिक्षण एवं जनचेतनामूलक जानकारीहरु उपलब्ध गराई प्रमाण–पत्र वितरण गरिएको थियो ।

संघका कार्यसमिति सदस्यहरु, महिला र युवा उद्यम समिति सदस्यहरु, पूर्व अध्यक्षहरु, मेदान्त अस्पतालका व्यवस्थापनका प्रतिनिधिहरु सहित विभिन्न संघ–संस्था, वस्तुगत संघ, प्रहरी प्रशासन, उद्योगरव्यवसाय प्रतिष्ठान, विद्यालय लगायतका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको बाक्लो उपस्थिति थियो । 

उक्त गोष्ठीमा मोरङ उद्योग व्यापार संघ र मेदान्त अस्पताल बीच उपचार सेवाहरुमा छुटसम्बन्धी सम्झौता समेत गरिएको थियो । गोष्ठीको अन्त्यमा संघका स्वास्थ्य व्यवस्थापन समितिका संयोजक डा. दिपेन्द्र नौलखाले उपस्थित सबैलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।