मुख्यमन्त्री कार्कीद्वारा दुई बालबालिकालाई सहयोग
- 3 years ago
विराटनगर, २१ असार २०८० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खाद्यान्न अभावको समस्यामा परेका दुई जना बालबालिकालाई सहयोग गरेका छन् । उनले सुर्खेतस्थित बराहताल–५ का नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई बिहीबा १० हजार रुपियाँ पठाए सहयोग गरेका हुन् ।
एक अनलाइन पत्रिकामा ‘घरमा चामल सकिएर कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिको बारेमा चासो राखेका हुन् ।
बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमका स्थानीय समाचारदाता जगतदल जनाला विकको प्रभु बैंकको खाता नं ३४४७०६०१७५७०००१८ मा सो रकम पठाएका हुन् ।
सो अनलाइन समाचारका अनुसार पीडित बालबालिका बुबा कवि विक र आमा मनिषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन वितारइरहेका छन् ।
पीडित बालबालिकाको न्यायका लागि आफ्नो तर्फबाट थप सहयोगका साथै उनीहरुको बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्मन्त्री कार्कीले बताए । समाचारको पुष्टि मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले गरेका छन् ।