‘फर्की आउ मेरो हजूर ’ सार्वजनिक
- 3 years ago
काठमाण्डौं , २२ असार २०८०। प्रमिला बस्नेतको रचनामा रहेको नयाँ गीत ‘फर्की आउ मेरो हजूर ’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको संघर्षलाई गीतमा देखाइएको छ । परदेशीभूमीमा गरेको परिश्रम र स्वदेशमा डाँडा पाखामा घाँस दाउरा गर्दै आफनोजिीवन यापन गरिरेहेकी एक नारीको वेदनालाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडी बिचको प्रेम प्रसंङगलाई समेटिएको छ ।
मौलिकपनमा आधारित गीत भएकाले आमदर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफू आशावादी रहेको गीतकार प्रमिलाले बताइन् । मौलिकपन र नेपाली माटो र घरातललाई गीतमा समेटन खोजिएको छ ।
विकास चौधरीको संगीत तथा रुपनसिंह गुरुङ्गको एरेन्जमा तयार गरिएको गीतमा खेम थापा मगरको छायांकन ,वीरबहादुर थारुको सम्पादन तथा दयाराम घिमिरेको निर्देशन गीतमा रहेको छ । गैरआवासीय नेपाली संघ अन्तररास्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए ।बस्नेत क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार हुन् ।