एसईई उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान

  • 3 years ago
एसईई उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान

 

 शुभसन्देश 

विराटनगर,२३ असार । विराटनगरको एभरेष्ट स्कुलले एसईई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी र तिनकाअभिभावकलाई आज सम्मान गरेको छ । 

एभरेष्ट कलेज परिसरमा आयोजित इसईई ग्रयाजुएशन सेरेमोनीमा विद्यालयले विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो । 

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यार्थीले सफलता प्राप्त गर्नुमा अभिभावकको समेत योगदान रहेको भन्दै आभार व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई आफ्नो अन्तरनिहित उद्देश्य अनुरुपको शिक्षा रोज्न सुझाव दिनुभयो । एभरेष्ट कलेजका सहायक प्राचार्य नारायण कडरियाले एभरेष्ट कलेजले शैक्षिक गुणस्तर र विद्यार्थीको सर्वाङ्गीण विकासका निम्ति अपनाइरहेका विविध पक्षका विषयमा जानकारी गराउनुभयो । 

 कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकाल, विभिन्न संकायका प्रमुख, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 

एभरेस्टबाट १६६ जना विद्यार्थी एसईईमा सहभागी भएका मध्ये ७५ जनाले ३.६१ भन्दा बढी जीपीए ल्याएर उत्तीर्ण भए भने ७० जनाले ३.२ देखि ३.६ जीपिए र २.८ देखि ३.२ सम्मको जीपिए ल्याएर २१ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका सहप्राचार्य टीएन भण्डारीले जानकारी दिए ।