एफएनसीसीआई कोशीमा २२ सभापति मनोनयन
- 2 years ago
विराटनगर,साउन ३ गते २०८० । प्रदेश उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले विभिन्न समितिमा १५ जना सभापति मनोनयन गरेको छ । एफएनसीसीआई कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ती समिमतिका ती सभापतिहरु मनोनयन गरेका हुन् । उनले गठन तथा सञ्चालनसम्बन्धी नियमावली २०७३ को दफा २२(ट) मा भएको व्यवस्था अनुसार एफएनसीसीआई कोशीका सदस्यहरुलाई विभिन्न समितिको सभापतिमा मनोनयन गरेका हुन् ।
कृषि उद्यम केन्द्र प्रदेश समिति सभापति टिकाराज ढकाल,सदस्यता वितरण समिति सभापति कुमार मणि पोखरेल, उद्योग वाणिज्य परिषद सभापति भीमवहादुर पौडेल बैंक, वित्तिय, बिमा तथा पूँजी बजार समिति सभापति सुवास आचार्य, स्वास्थ्य तथा शिप विकास समिति सभापति राजन श्रेष्ठ, रोजगारदाता समिति सभापति श्रवणकुमार अग्रवाल शिक्षा तथा सूचना समिति सभापति रविन दाहाल, स्थानीय आर्थिक विकास समिति सभापति वीरेन्द्रकुमार साह, निजी तथा साझेदारी समन्वय समिति सभापति प्रितम खड्गी र कर तथा राजश्व समिति सभापति देवकीनन्दन अग्रवाल रहेका छन् ।
त्यस्तै, पर्यटन तथा हवाई यातायात समिति सभापति भविष श्रेष्ठ, वस्तुगत समन्वय समिति सभापति दिपक पाण्डे महिला उद्यमी विकास समिति सभापति सरु के.सी., शहरी विकास समिति सभापति ऋषिराज तिम्सिना सामाजिक विकास समिति सभापति प्रकाश शिवाकोटी, मानव संशाधन समिति सभापति विनोद बस्नेत, घरेलु तथा साना उद्योग समिति सभापति विजय श्रेष्ठ र व्यापार मेला समिति सभापति मनोजविक्रम शाह रहेका छन् ।
स्थल यातायात तथा पारवहन समिति सभापति मेघराज सिग्देल, भन्सार समन्वय समिति सभापति प्रविण जोशी, स्टाटअफ एण्ड इनोभेशन समिति सभापति युनेश श्रेष्ठ र सल्लाहकार अविनाश बोहरा रहेका छन् ।